प्रतिनिधिसभा निर्वाचन : कांग्रेसबाट सुर्खेत-२ का लागि ६ जनाको नाम सिफारिस 

जिल्ला कार्यसमितिले सुर्खेत-२ का लागि ६ जनाको नाम अघि सारिएको क्षेत्रीय सभापति इन्द्रबहादुर रावलले जानकारी दिए ।

मंसिर २३, २०८२

तृप्ति शाही

House of Representatives election: Congress recommends names of 6 candidates for Surkhet-2

वीरेन्द्रनगर — फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट सुर्खेत-२ मा ६ जनाको नाम सिफारिस गरिएको छ । 

जिल्ला कार्यसमितिले सुर्खेत-२ का लागि ६ जनाको नाम अघि सारिएको क्षेत्रीय सभापति इन्द्रबहादुर रावलले जानकारी दिए । उनका अनुसार सिफारिस हुनेमा उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भिष्मराज हमाल, हृदयराम थानी र बसन्ती बस्नेत छन् । 

यस्तै समानुपातिकतर्फ गंगा नेपाली, पार्वती गिरी, भग्य कामी, धना विष्ट र भिम शाही नेपालीलाई सिफारिस गरिएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully