प्रतिनिधिसभा निर्वाचन : कांग्रेसबाट सुर्खेत-१ का लागि खड्काको नाम सिफारिस 

क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

मंसिर २३, २०८२

तृप्ति शाही

House of Representatives election: Congress recommends Khadka's name for Surkhet-1

वीरेन्द्रनगर — फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट सुर्खेत-१ मा पूर्णबहादुर खड्काको नाम सिफारिस गरिएको छ । कांग्रेस कार्यवाहक सभापति खड्काको नाम मात्र १ नम्बरबाट उम्मेदवार सिफारिस गरिएको हो ।

क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । 

यस्तै सोही क्षेत्रबाट समानुपातिकतर्फ भने दुई जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ  सिफारिस हुनेमा नरबहादुर सोनी र भिमा मल्ल छन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully