दुर्घटनामा सल्यानको कालिमाटी गाउँपालिका-३ मर्चेबारीका भीषण पुनको मृत्यु भएको हो ।
सल्यान — मोटरसाइकल दुर्घटनामा सल्यानका २१ वर्षीय युवकको मृत्यु भएको छ ।
तुलसीपुरबाट घर फर्किंदै गर्दा दाङको शान्तिनगर गाउँपालिकाको श्रीगाउँमा रा ४ प ५६७८ नम्बरको मोटरसाइकल र ना ६ ख २६३५ नम्बरको ट्रक ठोक्किएर भएको दुर्घटनामा सल्यानको कालिमाटी गाउँपालिका-३ मर्चेबारीका भीषण पुनको मृत्यु भएको हो ।
शनिबार राति ७ बजेतिर भएको दुर्घटनामा परेर पुनको मृत्यु भएको सल्यानको कालिमाटी-३ का वडाध्यक्ष शिवबहादुर खत्रीले बताए ।
दुर्घटनामा बबई गाउँपालिका-३ का वर्ष २८ का गणेश वली घाइते भएका र उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनका अनुसार ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
