सडक खुल्न समय लाग्ने भएकाले अलपत्र परेका सवारीसाधन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
सल्यान — सल्लीबजार–चौरजहारी सडकखण्ड अवरुद्ध बनेको छ ।
बनगाड कुपिण्डे नगरपालिका-४ गर्चेबाट बुटवलतर्फ जाँदै गरेको ना ५ ख ७०७४ नम्बरको ट्रेलरले बोकेको गिटी कुट्ने मेसिन (मोबाइल क्रसर) गर्थे नजिकै खस्दा बिहान ९ बजेदेखि सडक अवरुद्ध भएको हो ।
अहिले सडक खण्डमा सञ्चालित सवारीसाधन ठप्प बनेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक प्रेम केसीले बताए । 'सडक खुलाउन इलाका प्रहरी कार्यालय सल्लीबजारबाट टोली पठाइएको छ,' उनले भने, 'मेसिन गह्रौं भएकाले सडक खुलाउन समय लाग्छ ।' सडकमा अलपत्र परेका सवारीसाधन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न उनले आग्रह गरेका छन् ।
