पहिरोसँगै चट्टान खसेकोले पुरिएका बोहरालाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनायो ।
कालीकोट — कर्णाली करिडोरको घाटचौर भीरमा सुख्खा पहिरो खस्दा एक कामदार पुरिएका छन् । बिहीबार बेलुकी ४ बजेतिर सडकमा काम गरिरहेका पचालझरना गाउँपालिका-७ का पृर्थी बोहरा पहिरोमा पुरिएका हुन् ।
पहिरोसँगै चट्टान खसेकोले पुरिएका बोहरालाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनायो ।
कर्णाली करिडोरअन्तर्गत थिर्पू घाटचौरदेखि बाजुराको पिलुचौरसम्म कर्णाली नदीको किनाराबाट नेपाली सेनाको विकास निर्माण कार्यदलले बिस्फोटनसहित ११ किमि सडक निर्माण गरिरहेको छ ।