नेपाल बैंकको डोल्पा शाखा २०३२ सालमा स्थापना भएको थियो ।
डोल्पा — नेपाल बैंक लिमिटेडले डोल्पामा पहिलो पटक एटीएम सञ्चालनमा ल्याएको छ । सदरमुकाम दुनैमा रहेको शाखामा नेपाल बैंकले एटीएम सञ्चालनमा ल्याएको हो ।
बिहीबार नेपाल बैंक कर्णाली प्रदेशका प्रमुख दिनेशप्रसाद पौडेलले मेसिनको उद्धघाटन गरेका हुन् । नेपाल बैंकको डोल्पा शाखा २०३२ सालमा स्थापना भएको थियो ।
अब ग्राहकले सहजै सेवा पाउने अपेक्षा बैंकले गरेको पौडेलले बताए । उनले एटीएम कार्ड लिनका लागि नेपाल बैंक दुनै शाखामा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।
