शिक्षा विकास निर्देशनालय सुर्खेतकी निर्देशक दीपा हमालले बुवा हिरालाल हमालको स्मृतिमा १ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी हुन्।
वीरेन्द्रनगर — शिक्षा विकास निर्देशनालय सुर्खेतकी निर्देशक दीपा हमालले बुवाको स्मृतिमा अक्षयकोषको घोषणा गरेकी छन्।
वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बुवा हिरालाल हमालको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी हुन्। उनले १ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरिन्।
विद्यालयको वार्षिक उत्सव तथा सम्मान कार्यक्रममा अक्षयकोष स्थापना गर्दै उनले विद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्यले कोष स्थापना गर्ने निर्णय गरेको बताइन्। जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरूप रकम खर्च गर्न कोषका लागि प्रतिबद्धता गरेको जानकारी दिइन्।
आफू बसोबास गर्ने वडामा सञ्चालित यस विद्यालयकी आफू अभिभावकसमेत रहेको जनाउँदै शैक्षिक सुधार र प्रगतिका लागि सबैको हातेमालो हुन जरुरी रहेको उनको भनाइ छ।
