शारदा नगरपालिका–१ भगवती खोलाका २१ वर्षीय अर्जुन बुढाथोकीलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
सल्यान — सल्यानमा ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।
शारदा नगरपालिका–१ भगवती खोला घरभएका २१ वर्षीय अर्जुन बुढाथोकीलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
जिल्ला प्रहरी सल्यानका डीएसपी हेमबहादुर केसीका अनुसार लागुऔषध घरमै लुकाइको सूचनाको आधारमा खानतलासी गर्दा ४ सय ३० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
पक्राउमा परेका बुढाथोकीलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
