जेलबाट भागेका जबर्जस्ती करणी मुद्दाका अभियुक्त पक्राउ

गाउँमा झै-झगडा भएकाे उजुरी आएपश्चात् प्रहरी घटनास्थलमा पुग्दा उनी टाउकाेमा चाेट लागेकाे अवस्थामा भेटिएका थिए ।

कार्तिक २४, २०८२

रामचन्द्र न्यौपाने

Rape suspect who escaped from prison arrested

डोल्पा — जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक अभियुक्त डाेल्पामा पक्राउ परेका छन् ।

जबर्जस्ती करणी मुद्दामा फरार रुकुम पूर्व पुथा उत्तरगंगा-२ मैकाेट बस्ने वर्ष ३० का वीरबहादुर विक पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए । पक्राउ परेका विकलाई कारागार कार्यालय डाेल्पामा बुझाइएको छ ।

प्रहरीका अनुसार ठूलभेरी नगरपालिका-४ मा पर्ने धुपीचाैरमा स्थानीय सिर्जना विककाे घरमा झै-झगडामा भएकाे उजुरी आएपश्चात् प्रहरी घटनास्थलमा पुग्दा अभियुक्त विक टाउकाेमा चाेट लागेकाे अवस्थामा भेटिएका थिए ।

जिल्ला अस्पतालमा ल्याई उपचारपश्चात् साेधपुछ गर्दा उनले आफू जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेकाे अवस्थामा जेनजी आन्दोलनका क्रममा भागेकाे प्रहरीसामु बताएका थिए ।

विकविरुद्ध रुकुम पूर्व जिल्ला अदालतले २०७८ फागुन २ गते १२ वर्ष कैद र ४० हजार जरिवाना गराउने फैसला गरेकाे थियाे ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully