रुकुम पश्चिममा करेन्ट लागेर युवाको मृत्यु

शुक्रबार दिउँसो १ बजेतिर आठबीसकोट–३ हरीबिसौनामा थापालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

कार्तिक २१, २०८२

महेश केसी

Youth dies of electrocution in Rukum West

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय प्रकाश थापाको करेन्ट लागेर मृत्यु भएको हो । 

शुक्रबार दिउँसो १ बजेतिर आठबीसकोट–३ हरीबिसौनामा थापालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार इन्टरनेटको तार जडान गर्ने क्रममा बिजुलीको तारमा छोइएपछि थापा घाइते भएका थिए। घाइते थापालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully