हेलिकप्टरमै जन्मिएका शिशुको अस्पताल लैजाँदै गर्दा मृत्यु

प्रदेश अस्पताका वरिष्ठ नर्सिङ अधिकृत कल्पना थापाले एयरपोर्टबाट अस्पतालको एम्बुलेन्समा अस्पताल ल्याउँदै गर्दा बाटोमै शिशुको मृत्यु भइसकेको बताइन् ।

कार्तिक १०, २०८२

ज्योति कटुवाल

Baby born in helicopter dies on way to hospital

सुर्खेत — कालिकोटकी एक महिलाले हेलिकप्टरमै शिशुको जन्म दिएकी छिन् । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी तिलागुफा नगरपालिका–९ चिलखायाकी अविशा खत्रीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै बच्चा जन्मिएको थियो । 

प्रदेश अस्पताका वरिष्ठ नर्सिङ अधिकृत कल्पना थापाले एयरपोर्टबाट अस्पतालको एम्बुलेन्समा अस्पताल ल्याउँदै गर्दा बाटोमै शिशुको मृत्यु भइसकेको बताइन् ।

सोमबार बिहान उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएको थियो । चिलखाया स्वास्थ्य संस्थाकी अनमी तुलसी थापाले खत्रीको अवस्था चिन्ताजनक भएकाले प्रदेश अस्पताल रेफर गरेको बताइन् ।

‘उपचारका लागि एक सातादेखि स्वास्थ्य संस्था धाइरहनु भएको थियो । पहिलो बच्चा पनि ७ महिनामा जन्मिएर ५ दिनसम्म मात्र बाच्यो’, उनले भनिन्, ‘यसपाली पनि ७ महिनामै व्यथा लागेकाले हामीले सुविधासम्पन्न अस्पतालमा पठाएको हौं ।’

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully