वली र परियार सवार दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
सल्यान — सल्यानमा ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ बस्ने ३६ वर्षीय कृष्णबहादुर वली र शारदा नगरपालिका २ का २८ वर्षीय संगित परियारलाई प्रहरीले लान्तीबाट पक्राउ गरेको हो ।
दुवैजनाबाट ९ ग्राम ६ सय ५० मिलीग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले बताए ।
गोप्य सूचनाको आधारमा दुवैलाई लान्तीबाट पक्राउ गरिएको उनले जानकारी गराए । वली र परियार सवार दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । उनका अनुसार दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर अनुसन्धान भैरहेको छ ।
