सल्यानमा जुवा खेल्दै गरेका वडाध्यक्षसहित ६ जना पक्राउ

प्रहरीले जुवा खेल्दै गरेका शारदा नगरपालिका-१ का वडाध्यक्ष ४७ वर्षीय प्रदिप पाण्डेसहित ६ जनालाई पक्राउ गरेको हो।

कार्तिक २, २०८२

विप्लव महर्जन

Six people, including ward chair, arrested for gambling in Salyan

सल्यान — सल्यानमा जुवा खेल्दै गरेका वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख हेमबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले शारदा नगरपालिका-१ श्रीनगरमा लोकबहादुर बुढाथोकीको घरबाट जुवा खेल्दै गर्दा शारदा नगरपालिका-१ का वडाध्यक्ष ४७ वर्षीय प्रदिप पाण्डे, ४८ वर्षीय महोम्मद मियाँ, ५० वर्षीय लोकबहादुर बुढाथोकी, ४४ वर्षीय राजु भण्डारी, ३९ वर्षीय सागर पाण्डे र दार्मा गाउँपालिका-६ का झपेन्द्र प्रकाश रोकायलाई आइतबार बिहान प्रहरीले फक्राउ गरेको हो । 

उनीहरूको साथबाट १ लाख ७ हजार ६ सय २५ नगद, ६ थान मोबाइल र ११ गड्डी तास बरामद गरिएको छ। 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully