फोक्सुन्डो तालमा बढ्दै पर्यटकको आकर्षण

डोल्पासम्म नियमित हवाई सुविधा र सदरमुकाम दुनैसम्म सडक कालोपत्र हुने हो भने आन्तरिक तथा बाहृय पर्यटक अझ बढ्न सक्ने निकुञ्जको आकलन छ ।

कार्तिक १, २०८२

रामचन्द्र न्यौपाने

Tourist attraction growing at Phoksundo Lake

What you should know

डोल्पा — डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका-८ मा पर्ने फोक्सुन्डो ताल पर्यटकको रोजाइमा पर्न थालेको छ । पाँच वर्षयता मात्रै १९ हजार ५ सय ३७ पर्यटकले फोक्सुण्डो ताल अवलोकन भ्रमण गरेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी किशोरकुमार महतले जानकारी दिए ।

उनका अनुसार पाँच वर्षमा १७ हजार ७ सय १२ जना आन्तरिक पर्यटकले तालको भ्रमण गरेका छन् । १ हजार ८ सय २५ विदेशी र त्यसभित्र पनि ९२ जना सार्कराष्ट्रका पर्यटकहरुले तालको अवलोकन भ्रमण गरेका छन् ।

यस अवधिमा निकुञ्ज प्रवेश दस्तुरबाट मात्रै ७३ लाख ८४ हजार २ सय राजस्व संकलन भएको महतले बताए । नेपालीबाट १७ लाख ७१ हजार २ सय र विदेशीबाट ५६ लाख १३ हजार राजस्व संकलन भएको छ ।निकुञ्ज प्रवेश दस्तुरमा स्वदेशी पर्यटकका लागि १ सय, विदेशी पर्यटकका लागि ३ हजार र सार्क राष्ट्रका पर्यटकका लागि १ हजार ५ सय तोकिएको छ । 

समुन्द्री सतहदेखि ३ हजार ६ सय ११ मिटर उचाइमा रहेको यो ताललाई रिग्मो तालको नामले समेत चिन्ने गरिन्छ ।

Tourist attraction growing at Phoksundo Lake

डोल्पासम्म पुग्ने सडक कच्ची र हवाईजहाज नियमित नहुँदानहुँदै  पनि तालको आकर्षणले गर्दा पर्यटक आउने क्रम बर्सेनि बढिरहेको निकुञ्जले जनाएको । डोल्पासम्म नियमित हवाई सुविधा र सदरमुकाम दुनैसम्म पुग्ने सडक कालोपत्र हुनुका साथै उचित प्रचार–प्रसार गर्न सकेमा बर्सेनि पचासाैं हजार आन्तरिक तथा बाहृय पर्यटक भित्रने निकुञ्जको आकलन छ ।

काठमाडौं, पोखरा, नेपालगन्ज लगायतका सहरबाट सिधै डोल्पासम्म मोटरसाइकल,सार्वजानिक बस लगायतका सवारीसाधन  पुग्ने भएकाले आन्तरिक पर्यटकको रोजाइमा फोक्सुन्डो ताल पर्ने गरेको पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले बताए ।

नेपालगन्ज–सुर्खेत–जाजरकोट–रुकुम हुँदै मोटरसाइकल र गाडीमा सजिलै डोल्पा दुनैसम्म पुग्न सकिने भएकाले पनि जहाजमा भन्दा अघिकांश पर्यटक मोटरसाइल ट्रेक गरेर डोल्पा पुग्ने गरेका छन् । डोल्पा पुग्न हवाई र सडक सुविधा दुवै छ भने सुलिगार्डदेखि काग्नी, छेप्का, तापरिजा हुँदै एक दिन एक बिहानमा पैदल यात्रा गरेर फोक्सुन्डो ताल पुग्न सकिन्छ ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully