उनीहरूलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँमा ल्याइएको हो ।
सुर्खेत — हुम्लाको चंखेली गाउँपालिका देशीखोलामा जीप दुर्घटनामा परेका सात जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
उनीहरूलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँमा ल्याइएको हो ।
उद्धार गरिएकाहरुमा जाकृती रोकाय, पार्वती सिरा, कैलाश सिरा, बहादुर लामा, महेन्द्र रोकाय, हंस लामा, अनुपमा रोकाए, बिमला बुढा र कुरुवा सहित शुक्रबार रातिसम्म ९ जनाको उद्धार गरेको नेपाली सेनाका पाइलट महासेनानी दिपध्वज खड्काले बताए ।