नवजात शिशुसहित सुत्केरीको उद्धार

अत्यधिक रक्तस्रावपछि राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत भगवतीलाई कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।

आश्विन २४, २०८२

ज्योति कटुवाल

Rescue of the mother and newborn baby

सुर्खेत — जाजरकोटको कुशे गाउँपालिका–७ बाट नवजात शिशुसहित सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । शुक्रबार कुशे गाउँपालिका–७ की ३० वर्षीया भगवती सिंह शाहीलाई हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको छ ।

१७ गते दुई शिशुलाई जन्म दिए पनि भगवतीको स्वास्थ्य अवस्था निकै जटिल र अत्यधिक मात्रामा रक्तस्राव भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् ।

अहिले आमा र बच्चालाई कर्णाली प्रदेश अस्पतालको प्रसूति गृहमा भर्ना गरिएको उनको भनाइ छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully