हुम्लाको चंखेलीमा जिप दुर्घटना : ९ जना घाइते

गम्भीर घाइतेहरुलाई हेलिकोप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी

आश्विन २४, २०८२

ज्योति कटुवाल

Jeep accident in Chankheli, Humla: 9 injured

सुर्खेत — हुम्लाको चंखेलीमा जिप दुर्घटना भएको छ । चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा जिप दुर्घटना २ जनाको अवस्था गम्भीर रहेको छ भने ७ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बिहान ११ बजे पिप्लाङ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब सडकबाट ३ सय मिटर तल खसेको प्रहरी प्रमुख शकंर पोखरेरले बताए ।

उनका अनुसार गम्भीर घाइतेहरुलाई हेलिकोप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भइरहेको छ । सामान्य घाइतेहरूलाई नजिकको स्वास्थ्य चौकीमा पठाइएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully