प्रजिअ कोइरालाका अनुसार रिग्मोबाट उद्धार गरिएका फ्रान्सेली र डोग्रीबाट उद्धार गरिएका अमेरिकन नागरिक हुन् ।
डोल्पा — डोल्पाबाट दुई विदेशी नागरिकको उद्धार गरिएको छ । बिहीबार शे-फोक्सुण्डो गाउँपालिका ८ मा पर्ने रिग्मो र काइके गाउँपालिकामा पर्ने डोग्री हिमाल बेसक्याम्पबाट दुई जना विदेशी नागरिकको उद्धार गरिएको हो ।
लेक लागेर बिरामी परेपछि दुबैजनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भिमराज कोइरालाले जानकारी दिए ।
प्रजिअ कोइरालाका अनुसार रिग्मोबाट उद्धार गरिएका फ्रान्सेली र डोग्रीबाट उद्धार गरिएका अमेरिकन नागरिक हुन् ।
बुधबार पनि शे-फोक्सुण्डो गाउँपालिकाबाट लेक लागेर बिरामी परेका एक विदेशी नागरिकको उद्धार गरिएको प्रजिअ कोइरालाले बताए ।