जिल्लाको शारदा नगरपालिका-१० भांगाचौरदेखि थापाचौरतर्फ जन्ती बोकेको जिप लु.प्र. ०२–००१ ज ००२१ नम्बरको जिप ज्वालापुर नजिकै दुर्घटना हुँदा १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराब बस्नेतले जानकारी दिए ।
What you should know
सल्यान — सल्यानमा जन्ती बोकेको जिप बिहीबार दिउँसो ३ बजेतिर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भिर रहेको छ ।
जिल्लाको शारदा नगरपालिका-१० भांगाचौरदेखि थापाचौरतर्फ जन्ती बोकेको जिप लु.प्र. ०२–००१ ज ००२१ नम्बरको जिप ज्वालापुर नजिकै दुर्घटना हुँदा १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराब बस्नेतले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा शारदा-१० भांगाचौर बस्ने वर्ष ६० की गुमी कवर, १४ की शोभा कवर, १४ की हरिकला कवर, २० की कमला गिरी, १८ का प्रवीण कवर, १४ की रेनुका कवर, १७ का हेमराज कवर, २६ की कुमारी बुढाथोकी, ४२ की प्रमिला गिरी, २४ का चेतराम गिरी, १५ की बिमला गिरी र ३३ का रुपलाल गिरी रहेका छन् ।
घाइतेमध्ये गुमी कवर र शोभा कवरको अवस्था गम्भीर रहेको सूचना अधिकारी प्रहरी निरीक्षक बस्नेतले जानकारी गराए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीको कमान्डमा गएको प्रहरी टोलीले सबै घाइतेको उद्धार गरेको थियो । घाइते सबैको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको उनको भनाइ छ ।
जन्ती जाँदै गरेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको उनै सूचना अधिकारी बस्नेतले जानकारी गराए । जिप सडकदेखि करिब २ सय मिटर तल खसेको थियो ।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-१२ घर भएका गाडी चालक वर्ष २७ का हरिबहादुर बुढा फरार रहेका र खोजी भइरहेको उनले बताए ।
