सल्यानमा जिप दुर्घटना, ८ जना घाइते

सदरमुकाम खलंगाबाट शारदा नगरपालिका-९ सुनचौर जाँदै गरेको लु.प्र. ०२-००१ च ०१९६ नम्बरको जिप सोमबार दिउँसो ज्वालापुरमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । 

आश्विन २०, २०८२

विप्लव महर्जन

Jeep accident in Salyan, 8 injured

सल्यान — सल्यानमा जिप दुर्घटनामा ८ जना घाइते भएका छन् । सदरमुकाम खलंगाबाट शारदा नगरपालिका-९ सुनचौर जाँदै गरेको लु.प्र. ०२-००१ च ०१९६ नम्बरको जिप सोमबार दिउँसो ज्वालापुरमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । 

घाइतेमध्ये चालक सुरेन्द्र कुँवरको अवस्था भने गम्भीर रहेको र अन्य सबैको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक खत्रीले जानकारी गराए । उनका अनुसार घाइते सबैको उद्धार भइसकेको छ ।

तीन जनाको जिल्ला अस्पताल सल्यान र पाँच जनाको श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको छ । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully