भीरबाट लडेर पुरुषको मृत्यु

स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि आफन्तले घर फर्काएका थिए । उनको घरमै मृत्यु भएको हो ।

आश्विन २०, २०८२

विप्लव महर्जन

A man died after falling from a cliff

सल्यान — सल्यानमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । बाख्रा चराउन घर नजिकैको बुँरासे जंगल गएको बेला भिरबाट लडेर जिल्लाको छत्रेस्वरी गाउँपालिका २ बुँरासेका वर्ष ४५ का मिनबहादुर कँवरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार भिरबाट लड्दा उनको शरीरका विभिन्न भागमा चोट लागि गम्भिर घाइते भएका थिए । 

स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि आफन्तले घर फर्काएका थिए । उनको घरमै मृत्यु भएको हो । 

बाख्रा चराउन जंगल गएका कँवर आइतबार बेलुकी भिरबाट लडेर करिब २० मिटर तल खसेका थिए । मृतक कँवरमा छारे रोग रहेको भन्ने बुझिएको र प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रनि खत्रीले बताए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully