जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्षमाथि आक्रमण

आइतबार बेलुकातिर थहल बजार र मनघाटको बीच सडकमा हतियारधारी समूहले अध्यक्ष लगायतका व्यक्तिलाई कुटपिट गरेका उनको भनाइ छ । मोटरसाइकलमा आएका हतियारधारी तीन/चार जनाको समूहले अध्यक्षमाथि हमला गरेको उनले बताइन् ।

आश्विन १२, २०८२

ज्योति कटुवाल

Attack on Chairman of Kushe Rural Municipality of Jajarkot

सुर्खेत — जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि अपरिचित युवाले आक्रमण गरेका छन्। आइतबार बेलुका सुर्खेत जाँदै गरेका अध्यक्ष बस्नेतमाथि छेडागाड नगरपालिका-५ चखेलीमा आक्रमण भएको पालिकाकी उपाध्यक्ष देविकाकुमारी सिंहले बताइन् । 

आइतबार बेलुकातिर थहल बजार र मनघाटको बीच सडकमा हतियारधारी समूहले अध्यक्ष लगायतका व्यक्तिलाई कुटपिट गरेका उनको भनाइ छ । मोटरसाइकलमा आएका हतियारधारी तीन/चार जनाको समूहले अध्यक्षमाथि हमला गरेको उनले बताइन् । अध्यक्ष बस्नेतसँगै सुर्खेत आउँदै गरेका व्यक्तिहरु घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी बसन्तकुमार शर्माले अपरिचित व्यक्तिहरूले अध्यक्षमाथि खुकुरी प्रहार भएको खबरसँगै प्रहरी परिचालन गरेको बताए ।

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully