गत असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकबाट 'नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्विकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने' निर्णय भएबमोजिम अस्थायी र करार सेवा रद्द गरिएको सूचनामा उल्लेख छ ।
रूकुम पश्चिम — मुसिकोट नगरपलिकाले अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र करार सम्झौता रद्द गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी गराइएका हुन् । गत असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकबाट 'नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्विकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने' निर्णय भएबमोजिम अस्थायी र करार सेवा रद्द गरिएको सूचनामा उल्लेख छ ।
साथै उक्त सूचनामा उल्लेखित निर्णयबमोजिम मुसिकोट नगरपालिकाअन्तर्गत स्विकृत दरबन्दीबाहेकका अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य कर्माचारीको यही शनिबारदेखि लागू हुनेगरी नियुक्ति र करार सम्झौता रद्द गरिएको भनिएको छ ।
