नगरकार्यपालिकाको बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि करार म्याद थप नभएका कर्मचारीहरू र सामुदायिक विद्यालयहरूमा पालिकाको अनुदानबाट पारिश्रमिक पाउने शिक्षकहरूको सेवा सम्झौता रद्द गरिएको हो ।
वीरेन्द्रनगर — सुर्खेतको पञ्चपुरी नगरपालिकाले करार सेवाका कर्मचारीको सम्झौता रद्द गरेको छ । कर्णाली प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ लागू भएसँगै करार सेवाका सम्झौता रद्द गरिएको पालिकाले जनाएको छ ।
नगरकार्यपालिकाको बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि करार म्याद थप नभएका कर्मचारीहरू र सामुदायिक विद्यालयहरूमा पालिकाको अनुदानबाट पारिश्रमिक पाउने शिक्षकहरूको सेवा सम्झौता रद्द गरिएको हो ।
असोज १० गतेबाट सम्बन्धित कर्मचारीलाई हाजिर नगर्न र नगराउन हुन भनिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी घिमिरेले जानकारी दिइन् ।
कर्मचारीहरूको जिम्मा रहेका जिन्सी सामान तथा नगद सम्बन्धित कार्यालयमा बरबुझारथका लागि पनि आग्रह गरिएको उनले बताइन् ।