कालिकोटका प्रहरी प्रमुखले बताए कि पहिरो हटाउन दुई मेसिन परिचालन गरिएका छन्। गगने खोलामा वर्षा हुँदा यात्रुहरूलाई समस्या भएको छ।
कालिकोट — मंगलबार रातिदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालिकोटको शुभकालिका–१ गगने खोलामा पुनः झरेको पहिरो दुईवटा मेसिन प्रयोग गरेर हटाइएपछि बाटो खुलाइएको हो । गगने खोला पारीपट्टीको डाँडा पूरै खसेको थियो ।
पहिरो पन्छाउन स्काभेटर र जेसीभी गरी दुईवटा मेसिन लगाएर काम गरिएको कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए ।
गगने खोलामा वर्षा हुनेबित्तिकै लेदो र ढुंगासहित झर्ने पहिरोले यात्रुलाई सास्ती दिने गरेको छ ।
