जुम्लाको चन्दननाथ नगरपालिकामा करोडको क्षति

प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले ९८ लाख ७३ हजार तीन सय ८३ रुपैयाँ बराबरको क्षति भएको बताए ।

भाद्र ३१, २०८२

डीबी बुढा

Damage worth crores in Chandannath Municipality of Jumla

What you should know

जुम्ला — जेनजी विद्रोहका क्रममा प्रदर्शनकारीहरुले गरेको तोडफोडमा एक करोड रुपैयाँ बराबरको क्षति भएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।

यही भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा नगरपालिकाको कार्यालय,सवारीसाधन र भौतिक संरचननामा तोडफोड गरिएको थियो । नगरपालिका कार्यालयकाअनुसार ५ वटा मोटरसाइकल जलाइएको थियो । 

प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले ९८ लाख ७३ हजार तीन सय ८३ रुपैयाँ बराबरको क्षति भएको बताए । उनका अनुसार केही सामान आगजनी गरिएको छ । केही तोडफोड गरेर कामै नलाग्ने बनाइएको छ । सबैभन्दा बढी ७९ लाख ७३ हजार मूल्य बराबरको सवारीसाधनमा क्षति पुर्‍याएको विवरण नगरपालिकामा छ ।  मेसिनरी तथा कार्यालयका सामग्रीहरु १३ लाख र अन्य ६ लाख बराबरको भौतिक संरचनामा क्षति भएको उनको भनाइ छ । 

Damage worth crores in Chandannath Municipality of JumlaDamage worth crores in Chandannath Municipality of Jumla

नगरप्रमुख राजुसिंह कठायतले जेनजी आन्दोलनका नाममा नगरपालिकाले ठुलो क्षतिको सामाना गर्नुपरेको बताए । उनले भने, ‘कार्यालयका कुनै पनि झ्याल,ढोकाका सिसा छैनन् । सवारीसाधनमा उत्तिकै तोडफोड छ । कार्यालय प्रवेश गर्दा नै उदेग लागेर आउने गर्छ ।’ 

नगरपालिकाले संकलन गरेको विवरणअनुसार दमकल,एम्बुलेन्स,शववहान,डोजर,महिन्द्रा जिप,हाइलेक्स कार र स्कारपियोमा समेत तोडफोड भएको थियो । प्रदर्शनकारीहरुले घन,साबेल र ढुंगाले तोडफोड गरेका थिए ।  ११ वटा मोटरसाइकल र स्कुटरमा तोडफोड भएको थियो । यसैगरी, कार्यालयभित्र रहेका डेक्सटप कम्प्युटर, एलसीडी, एकीकृत सेवा प्रणालीको टोकन मेसिन, डिजिटल नागरिक वडापत्र, प्रिन्टर, वाटर डिस्पेन्सर, फर्निचर, नगर प्रहरीका सामग्रीलगायत पूर्णरुपमा नष्ट छन् । 

अहिले नगरपालिकाले प्रभावकारी सेवा सुरु गर्न सकेको छैन । नियमित सेवाहरू प्रभावित भएका छन् । क्षतिको एकिन विवरण संकलन गरी पुनर्निर्माण र सेवा सञ्चालन गर्ने प्रयास भइरहेको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले जनाए । 

Damage worth crores in Chandannath Municipality of JumlaDamage worth crores in Chandannath Municipality of Jumla

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully