अझै फर्किएनन् जुम्ला कारागारबाट भागेका २३ कैदी

भाद्र २८, २०८२

डीबी बुढा

जुम्ला — गत मंगलबार जुम्ला कारागारदेखि भागेका ४१ कैदीमध्ये २३ जना अझै फरार छन । उनीहरुलाई प्रहरीले कारागार फर्किन आग्रह गरिरहेको छ ।

भागेको राति नै ५ जना प्रहरीले नियन्त्रणमा लिएको थियो । पछिल्लो समयमा १३ जना कैदी कारागार फर्किएका हुन् । जुम्ला प्रहरी प्रमुख डीएसपी रविनबाबु रेग्मीले कैदीलाई कारागारमा ल्याउन आफन्तलाई समेत भनिएको बताए । फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

कैदीबन्दीले प्रहरी र नाइकेलाई चिर्पट प्रहार गर्दै ढोका फोडेर भागेका प्रहरीले जनाएको छ । कारागारमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटाइएको छ । 

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully