उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क)बमोजिम जिल्लाभित्र कुनै प्रकारको भेला,जुलुस,प्रदर्शन,सभा,बैठक,घेराउ गर्न नपाउने गरेर कर्फ्यु लगाइएको हो ।
जुम्ला — जिल्ला प्रशासन कार्यालय जुम्लाले शनिबार बिहान ५ बजेसम्म कर्फ्यु लगाएको छ । अहिले साँझ ८ बजेदेखि लागू हुने गरेर कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानकारी दिए । उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क)बमोजिम जिल्लाभित्र कुनै प्रकारको भेला,जुलुस,प्रदर्शन,सभा,बैठक,घेराउ गर्न नपाउने गरेर कर्फ्यु लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी शर्माले गरेको आदेशमा यो कठिन परिस्थितिमा थप धनजनको क्षति हुन नदिनसमेत आग्रह गरिएको छ । प्रदर्शन तथा आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमाथि आक्रमण भई जनजीवन अस्तव्यस्त भएकोले यो अवस्थालाई सहज बनाउन नेपाली सेनासमेत सबै सुरक्षा निकाय परिचालन भएको पनि जानकारी दिइएको छ । आदेशमा भनिएको छ,‘सबै जना शान्त रहि आ–आफ्नो घर/स्थानमा सुरक्षित रहन पनि आग्रह गरिएको छ ।’
