सुर्खेतमा राति कर्फ्यु, दिउँसो निषेधाज्ञा

भाद्र २७, २०८२

तृप्ति शाही

वीरेन्द्रनगर । सुर्खेतमा फेरि कर्फ्यु लगाइएको छ । शुक्रबार राति ८ बजेबाट बिहान ५ बजेसम्म लागू हुने गरी कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगर । सुर्खेतमा फेरि कर्फ्यु लगाइएको छ । शुक्रबार राति ८ बजेबाट बिहान ५ बजेसम्म लागू हुने गरी कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । यो अवधिमा कुनै सभा,भीड जुलुस गर्न नपाइने प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगर नगरपालिकाको सुब्बाकुनादेखि पश्चिम बांगेसिमलसम्म रत्न राजमार्गको उत्तर क्षेत्र उपत्यका सबै र दक्षिणतर्फ रत्न राजमार्गको ३ सय मिटरभित्र कर्फ्यु लगाइएको हो ।



प्रशासनले दिउँसोको समयमा निषेधाज्ञा र रातिको समयमा कर्फ्यु लगाउने गरेको छ । शुक्रबार दिउँसो निषेधाज्ञा थियो । बिहीबार राति कर्फ्यु लगाइएकोमा दिउँसो निषेधाज्ञा गरिएको थियो । कर्फ्युको समयमा अत्यावश्यक सवारी साधनहरू एम्बुलेन्स, दमकल, शववाहन , स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधनमा भने सहजीकरण गरिने प्रशासनले जनाएको छ ।


तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully