सुर्खेतको सिम्ता गाउँपालिका - ४ का वडाध्यक्षद्वारा राजीनामा

भाद्र २६, २०८२

तृप्ति शाही

वीरेन्द्रनगर । सिम्ता गाउँपालिका–४ का वडाध्यक्ष वीरेन्द्रसिंह ठकुरीले पदबाट राजीनामा दिएका छन् । पालिकाका अध्यक्षको प्रवृत्ति एकल निर्णय गर्ने, झुटा आश्वासन दिने भएको आरोप लगाउँदै उनले पदबाट राजीनामा दिएको जनाएका छन् । 

ठकुरी एमालेबाट निर्वाचित हुन् । नौ वडा रहेको सिम्ता गाउँपालिकामा एमालेले पाँच र कांग्रेसले चार वडा जितेका छन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully