मोटरसाइकलबाट ओर्लेर पानी खान गएका बेला ढुंगाले लाग्दा एक जनाको मृत्यु

मोटरसाइकलबाट ओर्लेर धागेचरी मुहानमा पानी खान गएका बेला सडक माथिबाट खसेको ढुंगाले लागेको थियो ।

भाद्र १९, २०८२

विप्लव महर्जन

One person died when he was hit by a stone when he got off his motorcycle and went to drink water

सल्यान — मुहानमा पानी खान गएका बेला सडकमाथिबाट खसेको ढुंगा लागेर सल्यानका एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको बन्गाड कुपिण्डे नगरपालिका-११ का विजय बुढा रहेका छन् ।

उनी भे ६ प ५६२ नम्बरको मोटरसाइकलमा ४७ वर्षीया मनिषा गन्धर्वसँग सुर्खेतको बोटेचौरबाट सल्यानको आपचौर गइरहेका थिए । ओर्लेर गुर्वाकोट नगरपालिका-९ पोखरेस्थित धागेचरी मुहानमा पानी खान गएका  बेला सडक माथिबाट खसेको ढुंगाले लागेको थियो ।

स्थानीय खिमलाल बिकका अनुसार ढुंगाले लागेर घाइते दुवैको आफन्त, स्थानीय तथा प्रहरीले उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याएका थिए । बुढाको उपचारका क्रममा बुधबार राति मृत्यु भएको र मनिषाको उपचार भइरहेको बिकले बताए ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully