कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा महत नियुक्त

प्रतिष्ठानका तत्कालीन रजिस्ट्रार नृपेन्द्र महतको कार्यअवधि असार ३ गते नै सकिएको थियो । प्रतिष्ठानले दुई महिनापछि रजिस्ट्रार पाएको हो ।

भाद्र १९, २०८२

डीबी बुढा

Mahat appointed as Registrar of Karnali Academy of Health Sciences

काठमाडौँ — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको रजिस्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पुजनकुमार रोकायाको सिफारिसमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले महतलाई रजिस्ट्रार नियुक्त गरेका हुन् । प्रतिष्ठानका तत्कालीन रजिस्ट्रार नृपेन्द्र महतको कार्यअवधि असार ३ गते नै सकिएको थियो । प्रतिष्ठानले दुई महिनापछि रजिस्ट्रार पाएको हो । 

नवनियुक्त रजिस्ट्रार महत चन्दननाथ-१० का बोहोरो गाउँका बासिन्दा हुन । उनी विद्यावारिधि शोधार्थी हुन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully