जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार माइतीघर छत्रेस्वरी गाउँपालिका-५ सिरुवालीबाट घर फर्कंदै गर्दा बीच बाटोमा आराम गरेकै ठाउँमा बुढाथोकीको मृत्यु भएको हो ।
सल्यान — सल्यानमा एक महिला मृत फेला परेकी छिन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका-१ कुकुरेखोर घर भएकी ४५ वर्षीया भिमी बुढाथोकी पटारेमा मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार माइतीघर छत्रेस्वरी गाउँपालिका-५ सिरुवालीबाट घर फर्कंदै गर्दा बीच बाटोमा आराम गरेकै ठाउँमा बुढाथोकीको मृत्यु भएको हो ।
अहिले ईलाका प्रहरी प्रहरी कार्यालय थारमारे र प्रहरीचौकी ढोडचौरबाट प्रहरी टोली खटिएको र घटनाको अनुसन्धान भैरहेको प्रनि बस्नेतले बताए ।