महिला स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

घट्नाबारे थप अनुसन्धान भइरहेको उनले बताए । पक्राउ गरेलगत्तै दुवै पक्षलाई जिल्ला सदरमुकाम सिमकोट ल्याइएको छ ।

भाद्र १२, २०८२

तृप्ति शाही

Three people were arrested for indecent treatment of female health workers

वीरेन्द्रनगर — हुम्लामा महिला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हुम्लाको ताँजाकोट गाउँपालिका-३ को मैला स्वास्थ्य चौकीमा कार्यरत लिलाराज शर्मा, गाउँपालिकाका एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा छन् ।

उनीहरूलाई एक महिला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

उनीहरुले मंगलबार राति करिब ११ बजेको समयमा महिला स्वास्थ्यकर्मीको कोठामा गई अभद्र व्यवहार गरेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी शंकर पोखरेल जानकारी दिए ।

घट्नाबारे थप अनुसन्धान भइरहेको उनले बताए । पक्राउ गरेलगत्तै दुवै पक्षलाई जिल्ला सदरमुकाम सिमकोट ल्याइएको छ ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully