बाख्रा चराएर फर्कने क्रममा भीरबाट लडेर मृत्यु

उनी भीरबाट ५ सय मिटर तल खसेकी थिइन् ।

भाद्र १०, २०८२

विप्लव महर्जन

He died after falling from a mountain while returning from herding goats

सल्यान — सल्यानमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । भीरबाट लडेर जिल्लाको बाग्चौर नगरपालिका ९ परिलेखकी २४ वर्षीया गीता ओलीको मृत्यु भएको हो । 

भीरबाट लगेर गम्भीर घाइते ओलीको उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । 

उनका अनुसार घर नजिकैको मोखल्यान सामुदायिक वनबाट बाख्रा चराएर फर्कने बेला सोमबार बेलुकी ७ बजेतिर ओली भीरबाट लडेकी थिइन् । उनको टाउकामा गहिरो चोट लागेको थियो । ओली भीरबाट ५ सय मिटर तल खसेकी थिइन् ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully