गोठाला गएका वृद्ध मृत फेला

प्रहरी घटनास्थलतर्फ लागेको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक यामबहादुर बस्नेतले जानकारी दिए ।

भाद्र ८, २०८२

रामचन्द्र न्यौपाने

Elderly shepherd found dead

डोल्पा — डोल्पामा गोठाला गएका एकजना वृद्ध मृत फेला परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका-१ गल्ली बस्ने ६५ वर्षीय डम्मरसिंह कठायत मृत फेला परेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । 

कठायत शनिबार बिहान नजिकैको वनमा बाख्रा गोठाला गएका थिए । साँझसम्म नफर्केपछि घर परिवारले प्रहरीलाई खबरसमेत गरेको थियो ।

आज बिहानै स्थानीयले मृत भेटेको खबर आएपछि प्रहरी घटनास्थलतर्फ लागेको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक यामबहादुर बस्नेतले जानकारी दिए । मृत्यृको कारणबारे अनुसन्धान हुने उनले बताए ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully