बिहीबार बेलुकी ६ बजेतिर परेको पानीले चोरखोला नजिकै पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
सल्यान — वर्षापछि आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । सल्यानको कपुरकोट गाउँपालिका-३ स्थित चोरखोला नजिकै पहिरो गएपछि राप्ती राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध हुँदा १ घन्टा बढी समयदेखि सवारी साधन र यात्रु सडकमै अलपत्र परेका छन् ।
बिहीबार बेलुकी ६ बजेतिर परेको पानीले चोरखोला नजिकै पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । पहिरो हटाउन सम्बन्धित निकायसँग डोजर माग गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी गराए । उनका अनुसार वर्षाका कारण वैकल्पिक मार्गबाट गाडी आउजाउमा समस्या भएपछि यात्रुहरु प्रभावित भएका छन् ।
पहिरो ठूलो नभएको र ढुंगा खसिरहेकाले उच्च सतर्कता अपनाउन सवारी चालक तथा यात्रुलाई उनले आग्रह गरेका छन् । वर्षा हुनेबित्तिकै चोरखोलामा जाने पहिरोले यात्रुलाई सास्ती भएको उनको भनाइ छ ।
पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएपछि सडकमा रोकिएका गाडी । तस्बिरः कान्तिपुर ।
