लोकसेवा परीक्षामा सहभागी नक्कली परीक्षार्थी प्रहरीको नियन्त्रणमा 

वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चालन भइरहेको परीक्षाका सहभागी २ जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

भाद्र ५, २०८२

तृप्ति शाही

Fake examinees participating in the public service examination are under the control of the police

वीरेन्द्रनगर — सुर्खेत प्रहरीले लोकसेवा परीक्षामा सहभागी नक्कली परीक्षार्थी नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चालन भइरहेको परीक्षाका सहभागी २ जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

सञ्चार/ईन्जिनियर प्राविधिक प्रहरी जवान परीक्षामा नागरिकता र प्रवेशपत्रमा फोटो बदली सट्टामा परीक्षा दिन आएका नक्कली परीक्षार्थीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । 

पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका–१२ बस्ने धर्मराज चनराको सट्टामा दिन लागेका कुशे गाउँपालिका– ७ सामाकोटका २५ को श्याम संकर सिंह र दैलेखको भगवतीमाई गाउँपालिका–५ बस्ने सुशील शाहीको सट्टामा दिन लागेका सोही पालिकाको वडा नम्बर ७ का २० वर्षका भरत तिरुवा छन् ।

उनीहरुमाथि लिखत तथा किर्ते कसुरमा अनुसन्धान भइरहेको बुढथापाले बताए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully