बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सुर्खेत — कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेतको निर्देशकमा डाक्टर गणेश थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार निर्देशकका रूपमा रहेका डा केशर ढकालको सरुवा भएसँगै निर्देशक पद रिक्त रहेको थियो ।