पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

सडक डिभिजन कार्यालयको डोजरले पहिरो हटाएपछि सडक सुचारु भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए।

भाद्र १, २०८२

तुलाराम पाण्डे

The Karnali highway blocked by landslides has been opened

कालीकोट — गएराति देखि पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालयको डोजरले पहिरो हटाएपछि सडक सुचारु भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए।

उनका अनुसार कर्णाली राजमार्गको खिडकी जिउला, गगने बिहानी, नाग्मा लगायत सबै ठाउँको अवरोध हटाएर गाडी गन्तव्यतर्फ जान थालेका छन्। यहाँ शनिबारदेखि भइरहेको वर्षा पनि रोकिएको छ । 

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully