नाग्म–गमगढी सडक चार घन्टापछि खुल्यो

सडकमा पहिरो खस्दा नाग्म–गमगढीदेखि फर्किने र रारा तालको अवलोकन गर्न जाने पर्यटकहरूले ल्याएका सवारीसाधन अलपत्र परेका थिए ।

श्रावण २७, २०८२

डीबी बुढा

The Nagm-Gamgarhi road was opened after four hours

जुम्ला — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल जाने नाग्म-गमगढी सडकमा पहिरो पन्छाएपछि चार घन्टापछि सडक खुलेको छ ।

बिहान ८ बजे जुम्लाको हिमा गाउँपालिका-७ बागबजार नजिकै पहिरो झरेको थियो । सडकमा पहिरो खस्दा नाग्म–गमगढीदेखि फर्किने र रारा तालको अवलोकन गर्न जाने पर्यटकहरूले ल्याएका सवारीसाधन अलपत्र परेका थिए । सडक डिभिजन कार्यालयले सडक खुलेको जनाएको छ ।

कार्यालय प्रमुख दीपेन्द्रकुमार चौधरीले पहिरो पन्छाउन आवश्यक उपकरण र जनशक्ति परिचालन भएको थियो । 

सशस्त्र प्रहरी, नेपाल प्रहरी, सडकका कर्मचारी र स्थानीय समेत लागेर सडक खुलाएका हुन् ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully