भीरबाट खसेका दुईजनाको शव सुर्खेत ल्याइयो

गोकर्णेश्वरका विप्लव ओझा र बर्दियाका डम्बर घोडासैनीको शव नेपाली सेनाको हेलिकोप्टरले चार दिनपछि सुर्खेत ल्याएको छ ।

श्रावण २५, २०८२

ज्योति कटुवाल

The bodies of two people who fell from Bhir were brought to Surkhet

सुर्खेत — बाजुराको बडिमालिका भीरबाट खसेर मृत्यु भएका विप्लव ओझा र डम्बर घोडासैनीलाई सुर्खेत ल्याइएको छ ।

बडिमालिका मन्दिरमा पूजा गरेर राति फर्किंदै गर्दा भीरबाट खसेका गोकर्णेश्वर–५, काठमाडौं बस्ने ५२ वर्षीय विप्लव ओझा र बर्दियाको ठाकुरबाबा नगरपालिका-४ का ७५ वर्षका डम्बर घोडासैनीलाई ४ दिनपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको हो ।

पश्चिम एयरबेसका पाइलट महासेनानी दीपध्वज खड्काले बिहीबार राति नै करिब सात सय मिटर तल खोँचमा खसेको र कठिन भू–बनोट, चिप्लो र भिरालो बाटो भएकाले शव मार्तडी झार्नै समय लागेको बताए । उनले भने, ‘मृतक घोडासैनीको शव आफन्तको जिम्मा लगाएर बर्दिया पठाए पनि ओझाको शव काठमाडौं पठाउन समस्या भएको छ ।'

पाइलट खड्काका अनुसार हिजोसम्म सेनाको जहाजले शव कुरेको थियो । ओझाका आफन्तले शव काठमाडौं लगिदिन आग्रह गरेका छन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully