मुख्यमन्त्री यामलाल कँडेल संयोजक रहने गरी प्रदेश स्थापना तथा सहिद दिवस मूल समारोह समिति गठन भएको छ ।
वीरेन्द्रनगर — कर्णाली सरकारले प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको छ । शनिबार बिहान मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले 'प्रदेश स्थापन तथा सहिद दिवस २०८२' आगामी भदौ ३, ४ र ५ गते मनाउने निर्णय गरिएको सरकारका प्रवक्ता विनोद शाहले जानकारी दिए ।
यस्तै मुख्यमन्त्री यामलाल कँडेल संयोजक रहने गरी प्रदेश स्थापना तथा सहिद दिवस मूल समारोह समिति गठन भएको छ ।
