रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो ।

श्रावण २३, २०८२

रासस

Driver dies in tractor accident in Rukum Paschim

त्रिवेणी (रुकुमपश्चिम) — त्रिवेणी गाउँपालिका–४ खुम्चेरीको भित्री सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार दिउँसो त्रिवेणी गाउँपालिका–३ र ६ मा पर्ने झुल्नेटा बजारबाट खुम्चेरीतर्फ किराना सामान लिएर जाँदै गरेको लुप्र०१—००१त ७८७ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका–५ का २८ वर्षीय बुद्धिमान खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उहाँका अनुसार ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो ।

रासस

Link copied successfully