भेरी नदी किनारमा सडेको अवस्थामा एक पुरुषको शव फेला

ईलाका प्रहरी कार्यालय देवस्थल सल्लीबजारको टोलीले शवको पहिचान गर्न अनुसन्धान गरिरहेको छ।

श्रावण २२, २०८२

विप्लव महर्जन

A man's body was found rotting on the banks of the Bheri River

सल्यान — भेरी नदीको किनारमा एक पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–१ अम्रा नजिकै भेरी नदीको किनारमा उक्त शव फेला परेको हो । 

बेवारिसे र सडेगलेको अवस्थामा रहेकाले शव कसको हो पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार ईलाका प्रहरी कार्यालय देवस्थल सल्लीबजारबाट प्रहरी नायब निरीक्षक धनबहादुर नेपालीको कमाण्डमा चार जनाको टोली खटिएर घटनाको अनुसन्धान भैरहेको छ । 

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तैयारी भैरहेको प्रनि खत्रीले जानकारी गराएका छन् ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully