निरन्तरको वर्षाले मुगुका ९ परिवार विस्थापित

घरमा क्षति पुगेपछि प्रभावित परिवार छिमेकीको घरमा बस्न बाध्य भएका छन् ।

श्रावण १९, २०८२

तृप्ति शाही

9 families of Mugu were displaced due to continuous rain

वीरेन्द्रनगर — निरन्तरको वर्षाले घर भत्किँदा मुगुका ९ परिवार विस्थापित भएका छन् । छायाँनाथ रारा नगरपालिका-१० चराप गाउँका ९ परिवार विस्थापित भएका हुन् ।

अविरल वर्षाले घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रवक्ता अच्युतराज आचार्यले बताए । उनीहरू छिमेकीकै घरमा बसिरहेका छन् । 

स्थानीय सिर्जना बडुवालले घरभित्र रहेका अन्न, भाँडाकुँडालगायत अन्य उपभोग्य सामग्री र धनमाल सबै नष्ट भएको बताइन् । पीडितहरुलाई राहत उपलब्ध गराउन उनले माग गरिन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully