पहिरो पन्छाएपछि राप्ती राजमार्गमा यातायात सञ्चालनमा

श्रावण १४, २०८२

विप्लव महर्जन

Traffic in Rapti highway after clearing the landslide

काठमाडौँ — पहिरो पन्छाएपछि राप्ती राजमार्गमा यातायात सञ्चालनमा आएको छ । वर्षापछि बाग्चौर नगरपालिका-२ खरिबोटनजिकै गएको पहिरो पन्छाएपछि गाडी चल्न थालेका हुन् । 

बुधबार बिहान मात्र जेसीबीको व्यवस्था गर्दा लामो समयसम्म अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले बताए । पहिरो पन्छाएपछि अहिले निरन्तर गाडी आउजाउ गरिरहेको उनले जानकारी गराए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully