कर्णाली राजमार्ग : गुणस्तरहीन सामाग्रीको प्रयोग भएको भन्दै स्थानीयले उप्काए कालोपत्र

जुम्लाको चन्दननाथ नगरपालिका-८ मा श्रीसुनारले कर्णाली राजमार्गको कमजोर पीच हातैले उप्काए, स्थानीयले छानबिन र कारबाहीको माग गरेका छन्।

श्रावण ९, २०८२

डीबी बुढा

Karnali Highway: Locals raised a black letter saying that substandard materials were used

What you should know

जुम्ला — जुम्लाको चन्दननाथ नगरपालिका-८ का श्री सुनारले बुधबार कर्णाली राजमार्गको जुम्ला खण्डस्थित जिल्ला ट्राफिक कार्यालय नजिकैको सडकको पीच हातैले उप्काए । उनलाई त्यो पीच उप्काउन औजार उपकरणको आवश्यकता परेन।

सधैँ जसो कर्णाली राजमार्ग हुँदै पैदल यात्रा गरिरहेका उनलाई एक सातादेखि नै सडक माथिको पीचमा शंका लागिरहेको थियो । निरन्तर वर्षाको बिचमा भइरहेको पीचको गुणस्तर निकै खस्केको हुन सक्ने उनको अनुमान थियो।

त्यही अनुमानका आधारमा पीच उप्काउन खोज्दा सहजै रुपमा उप्कियो । उनीसंगै सहपाठीहरु पनि थिए । पहिलो पटक उप्काउँदा उनी तर्सिए। तर संगैका साथीहरुले अझ धेरै उप्काउन हौस्याए । उनले सहजै रुपमा एक मिटर भन्दा लामो दुरीको पीच उप्काए । उनले भने, ‘यो विकासले जुम्लाको समृद्धि ल्याउन सक्ला र ?’

म ५५ वर्षको भए । बच्चाहरु दिनहुँ सडक यात्रा गरिरहेका छन । यस्तै हो भने त विकास गर्नु र नगर्नुको औचित्य छैन ।’ यो पटक जुम्ला कालिकोटको सिमाना देखि जुम्ला सदरमुकाम खलंगाको अधिकांस स्थानमा पीच गरिएको छ । नाग्म देखि खलंगा सम्मको पीचको गुणस्तर एकैनासको छ,श्रीसुनाले भने, ‘वर्षेनी बजेट फ्रिज गइरहेको छ । विकासका नाममा ठेकेदारले ठगिरहेको छ । सरकार रमिते बनेको छ । सडकको अवस्था उस्तै छ ।’

जनताले कर तिरेको रकमले विकासका काम भइरहेका छन् । 'यसमा राज्यको खेलाँची चलिरहेको छ,' उनले थपे, ‘यो पीचको उचित छानबिन होस । दोषि उपर कार्वाही होस ।’ अहिले स्थानीयले उप्काएको पीचको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

उज्ज्वल सानदार जेभी निर्माण कम्पनीले कालोपत्रेको काम गरिरहेको छ । तत्काल पीचको काम रोखेर गुणस्तर मापन गर्न जुम्लाबासीले माग गरेका छन्। २ सय टनको रोलर लगाएर गरिएको पीच स्थानीयले हातैले उप्काए,' स्थानीय चक्रबहादुर थापाले भने, ‘यो विकासका नाममा भइरहेको विनाश हो ।’

सहजै रुपमा पीच उप्किएपछि स्थानीय राजनीतिक दलको पनि चासो बढेको छ । उनीहरुले विकास कार्यमा गुणस्तर कायम गर्ने विषयमा राज्य अनुदार देखिएको आरोप उनीहरुको छ । राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाका संयोजक मक्करबहादुर भण्डारीले सडक पीचमा देखिएको गुणस्तरको बिषयमा सत्यतथ्य छानबिन हुनुपर्ने बताए । 

Karnali Highway: Locals raised a black letter saying that substandard materials were used

यता निर्माण कम्पनीले पहिलेको पीच राम्रो नभएकोले सहजै उप्किएको बताएको छ । काम गर्ने समय अझै बाँकी रहेकोले  सबै उप्काएर पुनः पीच गर्ने तयारी भइरहेको निर्माण कम्पनीको भनाइ छ । जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका सांसद ज्ञानेन्द्र शाहीले पीच गरिएको सडकको गुणस्तरमा प्रश्न उब्जिएको बताए । 

उनले ठेकेदार कम्पनीलाई तत्काल विल भुक्तानी नगर्न निर्देशन गरेका छन ।  ठेक्का लगाउँदा तोकिएको मापदण्ड अनुसार पीच भए नभएको परीक्षण नगरेर भुक्तानी नगर्न समेत भनेका छन । अन्यथा सडक निर्माण गर्ने ठेकेदार, बिल पास गर्ने अधिकारी तथा कार्यमा संलग्न सबैलाई मापदण्ड विपरीत काम गरेको ठहर गरी सम्बन्धित निकायमा मुद्दा दायर गर्ने चेतावनी सांसद शाहीले दिए । 

ठेकेदार दीपक न्यौपानेले मापदण्ड अनुसार नै काम भएको दाबी गरे । जुन ठाउँमा पुरानो पीच थियो । त्यही स्थानमा उप्किएको हो । आफुले गरेको गल्ती भोग्न तयार रहेको बताए । कार्यालयसंग सल्लाह गरेर पुरानो लेयर सबै फालेर फेरी पीचको काम अघि बढाउने प्रतिबद्धता जनाए ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully