सुर्खेतमा करेन्ट लागेर २ जनाको मृत्यु 

श्रावण ९, २०८२

तृप्ति शाही

2 people died due to electrocution in Surkhet

वीरेन्द्रनगर — सुर्खेतमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका - १२ नेवारेका ५५ वर्षका धनिराम आचार्य र उनिकी श्रीमती ५० वर्षकी धनकुमारी उपाध्याय छन् ।

आचार्य दम्पती शुक्रबार बिहान १० बजेतिर आफ्नै घरमा घाँस काट्ने विद्युतिय मेसिनद्वारा घाँस काट्दै गर्दा विद्युत्को तारबाट करेन्ट लागेर घाइते भएका थिए ।

उपचारका क्रममा उनीहरूको प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully