सल्यानमा मिनीबस दुर्घटना, १४ जना घाइते

श्रावण ८, २०८२

विप्लव महर्जन

Minibus accident in Salyan, 14 injured

सल्यान — सल्यानमा बिहीबार दिउँसो मिनीबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । नेपालगन्जबाट सल्यानको कुमाख गाउँपालिकाको रागेचौरतिर जाँदै गरेको  भे १ ख ३९९४ नम्बरको गाडी कुमाख गाउँपालिका २ बढाइज्युलानजिकै दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार  सबै घाइतेलाई  स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको छ  । गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको र सडकदेखि २५ मिटर तल खसेको प्रहरीको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully